
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका ४७ जनामध्ये ४ जना संक्षिप्त सूचीमा परेका छन् ।
संक्षिप्त सूचीमा पर्नेमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट छन्। अध्यक्ष छनोट समितिले चारै जनालाई जेठ ८ गते कार्ययोजना प्रस्तुत गर्न छलफलमा बोलाएको छ। बोर्डको अध्यक्षका लागि संक्षिप्त छनोटमा परेका डा. अधिकारी केही समयअघि सेवानिवृत्त बोर्डका कार्यकारी निर्देशक हुन्।
त्यस्तै, विनयदेव आचार्य हाल बोर्डमा कार्यकारी निर्देशक छन् भने मुकुन्द कुमार क्षेत्री र डा.। गोपाल प्रसाद भट्ट राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।
छनोट समितिले नाम टुंगो लगाएपछि कम्तीमा तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरिनेछ। सिफारिसमा परेका तीन जनामध्येबाट सरकारले एक जनालाई कार्यकारी अध्यक्षमा नियुक्त गर्नेछ। बोर्डको अध्यक्षको कार्यकाल चार वर्ष रहने व्यवस्था छ।










Facebook Comments