
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाएका छन्।
सदनको बैठक शुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सो दलका अरु सांसदहरु पनि उठेर प्लेकार्ड प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानमन्त्री र मन्त्रीहरु सदनप्रति जिम्मेवार नभएको भन्दै निरन्तर विरोध जनाउँदै आएका छन् ।
सांसदहरुले आज पालैपालो संसदीय सर्वोच्चता कायम गर, विधिको शासन लागु गर, प्रतिपक्षको आवाज दबाउन पाइँदैन, बोल्ने समय वृद्धि गर, सुकुमवासीलाई बाँच्न दे, सहकारी पीडितलाई न्याय दे, विदेशी ऋण बन्द गर लगायतका नारा लगाएका थिए ।









Facebook Comments