
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले काठमाडौंको अनामनगरमा आजदेखि सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ ।
पूर्वसभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्ष मानिएकाहरुले पार्टीको १५औँ महाधिवेशनलाई एकता महाधिवेशन बनाउने तयारीका लागि भन्दै सम्पर्क कार्यालय खोलेका हुन् । नेताहरू गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दनराज काफ्ले, केदार कार्कीलगायतको सक्रियतामा सम्पर्क कार्यालय खुलेको बताइएको छ ।
सम्पर्क कार्यालयमा बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र खुमबहादुर खड्काको तस्वीर लहरै राखिएको छ ।










Facebook Comments