
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा वैठकमा आफ्नै पार्टी नेतृत्वको सरकारप्रति तीब्र असन्तुष्टि जनाएका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा बजेटका प्राथमिकतामाथि छलफल भईरहेको बेलामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएकोमा तीब्र असन्तुष्टि जनाएका हुन । पछिल्लो २० वर्षदेखि पहिलो पटक देख्दै छु, अर्थमन्त्री बिनाको छलफल ? उनले आक्रोश पोखे ।
उनले भने– परम्परा तोड्ने नाममा सबै परम्परा तोडिदिने ? नयाँको नाममा सबै चीज भत्काउने भए सिंहदरबार, प्रधानमन्त्री, मन्त्री पद पनि भत्काउ ।
उनले मधेशको भोट लिएर बनेको सरकारले मधेशीलाई प्राथमिकता नदिएकोमा पनि उनको असन्तुष्टि छ । उनले भने– प्रत्यक्ष र समानुपातिकमा पनि सबैभन्दा बढी भोट मधेशले दिएको छ । मधेश विस्फोटको स्थितिमा छ । त्यो विस्फोट हुनुभन्दा पहिला त्यसको उपचार गर्नुस् ।










Facebook Comments