काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता गर्न अस्वीकार गरेकोमा आज दिउँसै लालटिन बालेर विरोध गरेको छ।

बारले न्यायपालिकाको अवस्था र न्याय सम्पादन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै  बार एसोसिएसनको प्राङ्गणमा कानुन व्यवसायी तथा बारका सदस्यहरूले लालटिन बालेर विरोध प्रदर्शन गरेका हुन्।

ad

नेपाल बारको पूर्वघोषित निर्णयअनुसार आज दिउँसो ठीक १ बजे बारको केन्द्रीय कार्यालय प्राङ्गणमा कानून व्यवसायीहरूले हात–हातमा लालटिन बोकेर विरोध जनाएका हुन् ।

अदालतमा न्यायको ढोका थुनिएको र विधिको शासन संकटमा परेकाले सत्य र न्यायको खोजीमा प्रतीकात्मक रूपमा लालटिन बाल्नुपरेको बारले जनाएको छ ।