
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज बसेको प्रतिनिधि सभाको बैठकमा नआएपछि नेकपा (एमाले)का सांसद राजेन्द्र राई रोस्टममा केही नबोली उभिएर विरोध जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ। छलफलका क्रममा सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई बोल्न समय दिएका थिए।
रोस्टममा पुगेपछि सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाउँदै ‘प्रधानमन्त्री पनि नआउने, अर्थमन्त्री नआउने, हामीले बोलेको अर्थ छैन भनी अर्थमन्त्री नआउँदासम्म चुपचाप बस्ने घोषणा गरे ।
उनी रोस्टममा केही नबोली उभिइरहेपछि सभामुख अर्यालले अर्थमन्त्री आउँदै गरेकाले बोल्न आग्रह गरे। तर, उनले अर्थमन्त्री नआउँदासम्म नबोल्ने भन्दै चुपचाप उभिइरहेपछि सभामुख अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।










Facebook Comments