काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक शुरु हुनासाथ आज पनि श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्लेकार्ड देखाएर संसदको ध्यानकर्षण गराएका छन् । 


उनले प्रधानमन्त्री र मन्त्रीहरुलाई जवाफदेही बनाउन माग गर्दै प्लेकार्ड देखाएका हुन् । सभामुख डोलप्रसाद (डीपी) अर्यालले विषय ध्यानाकर्षण भएको बताएपछि संसद वैठक अगाडि बढेको छ । यस अगाडि हिजो पनि श्रम संस्कृति पार्टीका सांसदहरुले रोष्ट्रममा पुगेर प्लेकार्ड देखाएका थिए । 

ad

बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् । 

त्यस्तै, बैठकको कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने र अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ ।