काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट साेमबार पक्राउ परेका छन्। उनलाई वीरगञ्जको दियालो होटलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ।

वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । उनलाई ‘माथिको आदेश’ भन्दै प्रहरीले पक्राउ गरेको स्राेतले जनाएकाे छ। 

ad

उनी पक्राउ परेको पुष्टि गरे पनि कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे थाहा नभएको स्राेत बताउँछ।

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए ।

विमानस्थलमै सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा उनले सरकार र रास्वपा सांसदहरूमाथि आलोचना गरेका थिए ।