काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाविरुद्ध परेका रिट निवेदन दर्ता गर्न कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएको छ।

बैठकमा नियमावलीमाथि छलफल चलिरहेका बेला रास्वपा सांसद यज्ञमणि न्यौपानेले विशेष समय लिएर कामु प्रधानन्यायाधीश मल्लको कदमप्रति आपत्ति जनाएका हुन् । सांसद न्यौपानेले कामु प्रधानन्यायाधीश न्यौपानेले कन्फिलिट अफ इन्ट्रेस्टका आधारमा आदेश दिएको बताए । 

ad

रास्वपाकै सांसद समीक्षा बास्कोटाले दरपिठ भएका रिट दर्ता गर्न आदेश  दिनु कत्तिको न्यायोचित हो भन्ने प्रश्न गरेकी थिइन् ।