
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले समसामयिक र विभिन्न नीतिगत विषयमा काम गर्नका लागि १२ वटा उपसमिति गठन गरेको छ ।
पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले विभिन्न विषयगत उपसमितिका संयोजकहरुसमेत तोकेको छ ।
प्रतिष्ठानको बैठकले भूमि व्यवस्था विशेष अभियान उपसमितिको संयोजकमा डा. गोपाल दहित, विपद् व्यवस्थापन उपसमितिमा मानबहादुर थापा, मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिमा मोहना अन्सारी तथा सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिको जिम्मेवारी इन्जिनियर दीपेश विष्टलाई जिम्मेवारी दिएको छ ।
यसैगरी, निर्वाचन प्रणाली सुधार उपसमितिको संयोजकमा जनक चटौत, पूर्वाधार विकास अवधारणा उपसमितिमा इन्जिनियर अमृत ज्ञवाली, उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमितिमा खगेन्द्र आचार्य तथा शिक्षा र शिक्षालय नीति एवं दृष्टि उपसमितिको जिम्मेवारी डा. कृष्णप्रसाद पौडेल र बीपी ज्ञान केन्द्र उपसमितिको संयोजकको जिम्मेवारी प्रकाश लामिछानेलाई दिइएको छ ।
यस्तै जातीय विभेदविरूद्ध सचेतना अभियान उपसमिति संयोजन एलिजा ढकाल, डिजिटल सचेतना तथा तथ्य जाँच उपसमिति संयोजकमा प्रकृति भट्टराई, ग्रीन टेबल उपसमिति संयोजन कञ्चन झा छन्।
सबै उपसमितिले आगामी बैठकमा प्रारम्भिक खाका प्रस्तुत गर्नेछन्। बैठकले प्रतिष्ठानको आन्तरिक आचारसंहिता निर्माण गरेर आगामी बैठकमा प्रस्ताव गर्न उपप्रमुख मधु आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।










Facebook Comments