काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै शाहले गुरुङको सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका हुन् । 

ad

उनले अहिले गठन भएको छानबिन समिति उनलाई चोख्याउन लागेको आशंका गर्दै भने, ‘संशयको घेरामा रहेका पूर्वगृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागिपरेको जनस्तरमा व्यापक आशंका र चर्चा छ। कसैको दबाब र प्रभावमा आयोगले चोख्याउने काम गर्न नहुने उनले बताए ।