
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दै छन्। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्नेछ।
आजको प्रतिनिधि सभा बैठकमा दुई महत्त्वपूर्ण विषयमाथि छलफल हुने तय भएको छ। पहिलो कार्यसूचीअन्तर्गत प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
यस्तै, आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावमाथि पनि प्रारम्भिक छलफल शुरू गरिने भएको छ। सरकारले बजेट प्रस्तुत गर्नुअघि संसद्मा पेश गरेको उक्त प्रस्तावमाथि सांसदहरूले आफ्नो धारणा, सुझाव र प्राथमिकता राख्ने क्रम आजबाट शुरू हुने संसद् सचिवालयले जनाएको छ।










Facebook Comments