
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ उजुरी परेका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार शनिबार साँझसम्म उक्त सङ्ख्यामा उजुरी प्राप्त भएको हो।
संसदीय सुनुवाइ समितिले वैशाख २६ गते प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गरेको थियो। समितिले उनको योग्यता, आचरण वा क्षमता सम्बन्धमा प्रश्न उठाउन चाहने व्यक्तिलाई प्रमाणसहित उजुरी दिन १० दिनको समय उपलब्ध गराएको थियो।
उजुरी दिने व्यक्तिले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ। समितिका अनुसार उजुरी दर्ता गर्ने अन्तिम समय सोमबार कार्यालय समयसम्म कायम छ।
संवैधानिक परिषद्को सिफारिसपछि प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ अनिवार्य हुने संवैधानिक व्यवस्था छ। त्यसअनुसार समितिले प्राप्त उजुरीमाथि छलफल तथा प्रारम्भिक अध्ययन गर्नेछ।
उजुरीमाथिको अध्ययनपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गरिने र त्यसपछि मात्रै नियुक्ति प्रक्रियालाई अन्तिम रूप दिइने बताइएको छ।









Facebook Comments