काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शैक्षिक परामर्श क्षेत्रमा भइरहेको अनुसन्धान र कारबाही प्रक्रियामा कानुनी निष्पक्षता कायम गर्न आग्रह गरेको छ। हालै विभिन्न शैक्षिक परामर्श केन्द्रमा प्रहरीले गरेको छापा तथा पक्राउ घटनापछि संघले औपचारिक धारणा सार्वजनिक गर्दै सम्पूर्ण क्षेत्रलाई अपराधसँग जोड्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएको हो।

संघले केही व्यक्तिगत घटनाका आधारमा सम्पूर्ण शैक्षिक परामर्श व्यवसायलाई बदनाम गर्न नहुने स्पष्ट पारेको छ। दोष प्रमाणित भए व्यक्तिगत रूपमा जिम्मेवार ठहर गर्न सकिने भए पनि वैधानिक रूपमा सञ्चालन भइरहेका संस्थाहरूको छवि प्रभावित हुने गरी गरिने टिप्पणी र कारबाहीले लगानी, उद्यमशीलता तथा व्यवसायिक वातावरणमा नकारात्मक असर पर्ने चेतावनी दिएको छ।

ad

इक्यानले प्रशासनिक कमजोरी र गम्भीर आपराधिक गतिविधिबीच स्पष्ट भिन्नता गर्न सरकारसँग माग गरेको छ। संघका अनुसार नक्कली कागजात प्रयोग, आर्थिक ठगी वा हिनामिना जस्ता गम्भीर अपराधमा कडा कानुनी कारबाही हुनुपर्छ। तर, नवीकरण ढिलाइ, कागजी प्रक्रिया अपूरा हुनु वा सामान्य प्रशासनिक त्रुटिलाई सुधारको अवसरसहित हेर्नुपर्ने सुझाव दिइएको छ।

संघले कानुनी अस्पष्टताबाट उत्पन्न विवाद समाधानका लागि संवाद र स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको पनि उल्लेख गरेको छ। अभियोग प्रमाणित नहुँदै संस्थाको नाम सार्वजनिक गर्ने अभ्यासले निर्दोष मानिने संवैधानिक अधिकारमाथि असर पर्ने भन्दै त्यस्तो कार्य रोक्न आग्रह गरेको छ।

इक्यानका अनुसार अस्थिर नियामकीय वातावरणका कारण शिक्षा परामर्श क्षेत्रमा लगानीकर्ता तथा व्यवसायीहरूमा अन्योल र त्रास बढ्दै गएको छ। यसले रोजगारी सिर्जना, लगानी सुरक्षा र सेवा विस्तारमा समेत प्रभाव पार्न सक्ने संघको भनाइ छ।

संघले शिक्षा परामर्श क्षेत्रलाई नेपालको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्रका रूपमा व्याख्या गरेको छ। हजारौँ युवाले यही क्षेत्रमार्फत रोजगारी पाइरहेको तथा विदेश अध्ययनमा जाने विद्यार्थीमार्फत ठूलो मात्रामा वैदेशिक मुद्रा प्रवाह हुने उल्लेख गरिएको छ।

त्यस्तै, डिजिटल शिक्षा परामर्श सेवा र अनलाइन भर्ना प्रणालीहरू अझै स्पष्ट कानुनी दायराभित्र नआएको भन्दै संघले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ। दर्ता भएर सञ्चालनमा रहेका संस्थाहरू कडा नियमनमा रहँदा अनलाइन तथा विदेशी प्लेटफर्महरू भने नियमनबाहिर रहनुले कर, पारदर्शिता र डेटा सुरक्षामा चुनौती थपिएको संघको भनाइ छ।

इक्यानले शिक्षा परामर्श क्षेत्रलाई व्यवस्थित र विश्वसनीय बनाउन स्पष्ट कानुनी संरचना, समान नियमन र सरकारसँग निरन्तर नीतिगत समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ।

६९ कन्सल्टेन्सीका संचालक पक्राउ
एकता ग्लोबल एजुकेसन कन्सल्टेन्सी बानेश्वर
इन्टर ग्लोबल एजुकेसन कन्सल्टेन्सी
अल्पार एजुकेसन कन्सल्टेन्सी
ग्लोबल ग्लोरी एजुकेसन कन्सल्टेन्सी
रोयल सुर्य एजुकेसन कन्सल्टेन्सी
ब्रेन बृज एजुकेसन कन्सल्टेन्सी
सावित्री अब्रोड एजुकेसन
इडब्ल्युसी एजुकेसन कन्सल्टेन्सी
ब्रेनी इन्टरनेसनल एकेडेमी
अक्स्फोर्ड स्मार्ट एजुकेसन कन्सल्टेन्सी
गुल्मोहर एडुकेयर प्रालि
ब्लूम अब्रोड एजुकेसन कन्सल्टेन्सी प्रालि
अक्सब्रिज फाउन्डेसन ग्लोवल स्टडिज
ज्ञानमार्ग एजुकेसन एण्ड सर्भिस, कुमारीपाटी
निको निको कन्सल्टेन्स
उरेसी एजुकेसन एण्ड ट्रेनिङ सेन्टर, कुमारीपाटी
आक्रुति माटीवेज, चुच्चेपाटी
मून स्काइ कन्सल्टेन्सी, चुच्चेपाटी
सर्वज्योति एजुकेसन हब, चुच्चेपाटी
एडुक्वेस्ट इन्टरनेशनल प्रालि, चुच्चेपाटी
प्राइम पाथ प्रालि, चुच्चेपाटी
समेथन एजुकेसनल इन्स्टिट्युट एण्ड कन्सल्ट्यान्ट, चाबहिल
लेक्सिको एजुकेसनल नेटवर्क प्रालि, चाबहिल
गुरुबा इन्टरनेशनल/स्टडी ग्लाइडर, चाबहिल
पास्कल एजुकेसन कन्सल्टेन्सी, चाबहिल
पीएनपी एजुकेसन सर्भिस प्रालि, चाबहिल
पाथीभरा एजुकेसनल नेटवर्क प्रालि, चाबहिल
मिन्नानो एकेडेमी, चाबहिल
क्यानन टूर एण्ड ट्राभल, बौद्ध मल तेस्रो तला
फ्रेस रूट्स एजुकेसन अब्रोड
कञ्चनजंगा कोरियान भाषा, माछापोखरी
इपीटोम एजुकेसन हेल्पलाइन, बालाजु
ग्रीनलाइन एजुकेसन नेटवर्क, बालाजु
छिन्गु कोरियन भाषा, बालाजु
अल्टरनेटिभ इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी, गौशाला
मेगाटेक भ्याली एजुकेसन कन्सल्टेन्सी प्रालि, मित्रपार्क
राइट चान्स एजुकेसन कन्सल्टेन्सी प्रालि, पुरानो बानेश्वर
२४ आवर कन्सल्टेन्सी प्रालि, मित्रपार्क
प्रोफिसियन्सी लर्निङ एजुकेसन सेन्टर कन्सल्टेन्सी प्रालि, मित्रपार्क
युनिभर्सिटी गेटवे एजुकेसन कन्सल्टेन्सी प्रालि, मित्रपार्क
भिक्ट्री एजुकेसनल कन्सल्टेन्सी प्रालि, मित्रपार्क
जेएफआर एकेडेमी जापानिज ल्याङ्ग्वेज स्कूल सोह्रखुट्टे, मित्रपार्क
हिमालयन एजुकेसन ग्रुप सर्भिस कमलबिनायक भक्तपुर
ग्रीनर एजुकेसन कन्सलटेन्सी भक्तपुर,
आयुमी नेपाल गपाली भक्तपुर
ए टु जेड जापान एण्ड कोरियन भाषा
ग्लोबल इम्प्याक्ट एजुकेसन कन्सलटेन्सी, मध्यपुर थिमी
स्किलपोइन्ट एजुकेसन कन्सल्टेन्सी, कामनपा-२९ न्यूप्लाजा
जेनिसेस एजुकेसन हब प्रालि, कामपा-२८ रामशाहपथ
स्टार एजुकेशन प्रालि, कामपा-२८ पुतलीसडक
मास्टर्स एकेडेमी एजुकेसन, पुतलीसडक
अल युरोपियन एजुकेसन प्रालि, पुतलीसडक
जीपीसी नेपाल, रामशाहपथ
सीआर एजुकेशन कन्सल्टेन्सी प्रालि, पुतलीसडक
एचिमेन्ट एजुकेशन एण्ड भिसा सर्भिसेज, न्यूप्लाजा
ग्रीन एप्पल भिसा एण्ड ईमिग्रेसन सर्भिसेज प्रालि, डिल्लीबजार
क्लिक कन्सल्टिङ, कामपा-२८
फ्युचर बिलोङ्स कन्सल्टेन्सी, पुतलीसडक
द क्लासरूम एजुकेसन प्रालि, (एक्टिभ अब्रोड एजुकेसनल कन्सल्टेन्सी), पुतलीसडक
आइडीबी ग्लोबल प्रालि, पुतलीसडक
एनआइएमबी एजुकेसन, पुतलीसडक
इम्पल्स एजुकेसन, पुतलीसडक
भाइब्रान्ट एजुकेसन प्रालि, पुतलीसडक
ड्रीम एजुकेसन कन्ल्टेन्सी प्रालि, पुतलीसडक
निप्पोन एज् ग्लोबल एजुकेसन, गोंगबु
नीट इन्टरनेशनल कन्सल्टेन्सी, गोंगबु
निहोन एसिया कन्सल्टेन्सी प्रालि, गोंगबु
शेप्स एजुकेसन एण्ड कन्सल्टेन्सी, गोंगबु
वेस्टर्न स्मार्ट सिटी एजुकेसन एण्ड कन्सलटेन्सी, गोंगबु