
काठमाडौं । गत बर्ष पार्टी सदस्यता समेत नदिएको एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पहिलोपटक प्रमुख अतिथिका रूपमा आफ्नो कार्यक्रममा स्थान दिएको छ।
आज ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेले मदननगर बल्खुमा आयोजना गरेको स्मृितसभामा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाएको हो। कार्यक्रममा उपाध्यक्षहरु रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, महासचिव शङ्कर पोखरेल, नेताहरु केशव बडाल, युवराज ज्ञवाली, अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्यलगायत सहभागी थिए ।
सभामा बोल्दै भण्डारीले राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न पनि आवश्यक रहेको बताईन् । पूर्व राष्ट्रपति भण्डारीले एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको काममा महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गर्दै अब जनताको सेवाभावमा बढि केन्द्रित हुनुपर्ने स्पष्ट पारिन् ।









Facebook Comments