वीरेन्द्रनगरं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन शाह नेतृत्वको वर्तमान सरकारको नियत राम्रो नदेखिएको बताएका छन् । 


प्रेस सेन्टरले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटमा उनले झण्डै दुई–तिहाइको सरकार हुँदा पनि नियमित प्रक्रियाबाटै विधेयकहरू ल्याउने बाटो छोडेर सदनलाई छलेर अध्यादेशको बाटो जानु लाजमर्दो भएको बताए । सदन सरकार आफैँले बोलाउने, बोलाएको भोलिपल्ट त्यसलाई रोकेर अत्यादेश ल्याउने भनेको लोकतन्त्रको योभन्दा ठूलो उपहास अरु केही हुनै सक्दैन, उनले भने ।

ad

उनले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी हुने पनि स्पष्ट पारे । 
“मधेसवादी दलसहित सबै दलको सहमतिमा संयुक्त सरकार बनेमा मात्र हाम्रो दल सरकारमा जान्छ,” उनले भने, “कांग्रेस र एमालेबाट अलग–अलग सरकार निर्माणको प्रस्ताव आएको थियो त्यसलाई मैले अस्वीकार गरेको छु ।”