नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन्।

सभापति गगन थापाले आज श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरेका हुन्।

ad

कांग्रेसको १४ सदस्यीय पदाधिकारीमध्ये कोषाध्यक्ष मात्रै मनोनीत गर्न मिल्छ। 

केन्द्रीय सदस्य मध्यबाट कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ। 

श्रेष्ठ यसअघि पनि कोषाध्यक्ष थिए। तत्कालीन सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई कोषाध्यक्ष मनोनीत गरेका थिए।