काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तप्रेमकुमार राईलगायतलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेकाप्रकाश पाठकलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीशसुदर्शन लामिछानेको इजलासले शुक्रबार भएको थुनछेक बहसपछि पाठकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० अनुसार थुनुवा पुर्जी जारी गर्दै कारागार चलान गर्न निर्देशन दिएको जनाएको छ।

ad

पाठकविरुद्ध आपराधिक षड्यन्त्र, संगठित अपराध, हुण्डी कारोबार, विद्युतीय कारोबार तथा आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ।

अभियोगअनुसार पाठकले ‘एक्ट्रिमिष्ट ग्रुप नेपाल’ नामक अवैधानिक सञ्जालमार्फत अख्तियार प्रमुख राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए। यस घटनामानेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकप्रदीप अधिकारीको समेत संलग्नता रहेको दाबी गरिएको छ।

अदालतमा पेश गरिएको अभियोजन पक्षको दाबीअनुसार अधिकारीकै निर्देशनमा उक्त सञ्जाल निर्माण गरिएको थियो र फिलिपिन्समा ‘सुपारी’का लागि हुण्डीमार्फत दुई करोड रुपैयाँ अग्रिम पठाइएको बयानमा उल्लेख गरिएको छ।

अदालतले फरार प्रतिवादीका हकमा म्याद जारी गर्न तथा डिल्लीबजारस्थित सदरखोरमा रहेका प्रदीप अधिकारीलाई बयानका लागि उपस्थित गराउन पनि आदेश दिएको छ।