काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आगामी महाधिवेशनको तयारीमा जुटेको छ। पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय समिति बैठक आयोजना गर्ने निर्णय गरेको हो।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ले महाधिवेशनको कार्यतालिका तय गर्न विशेष समिति गठन गरिएको जानकारी दिए। समितिमा उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्सेर राणा तथा सहमहामन्त्री प्रकाश रिमाल सदस्य रहेका छन्।

ad

अध्यक्ष लिङ्देनका अनुसार उक्त समितिले महाधिवेशनसँग सम्बन्धित प्रस्तावित कार्यतालिका तयार गरी केन्द्रीय कार्यसम्पादन समितिमा पेश गर्नेछ। उनले पार्टी अब औपचारिक रूपमा महाधिवेशन केन्द्रित गतिविधितर्फ अघि बढेको बताए।

बैठकमा सातै प्रदेशमा सम्पन्न समीक्षा बैठकबाट प्राप्त सुझावसमेत प्रस्तुत गरिएको थियो। ती सुझावहरू महामन्त्री राजेन्द्र गुरुङ ले बैठकमा राखेका थिए।