
काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट आज राजीनामा दिएका छन्।
शुक्रबार आयोगका सदस्य कामीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्। उनले आजैका मितिदेखि लागू हुने गरी राजीनामा बुझाएका छन्।
नेपालको संविधानको धारा २५५ को उपधारा ९४० को (क) बमोजिम कामीले राष्ट्रिय दलित आयोगको सदस्य पदबाट राष्ट्रपति समक्ष राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन् ।










Facebook Comments