
काठमाडाैं । नेपाली कांग्रेसप्रदेश सरकारको नेतृत्व र सत्ता समीकरणबारे सक्रिय छलफलमा जुटेको छ। पार्टीभित्र प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने रणनीतिसहित नेतृत्व परिवर्तन र नयाँ समीकरणबारे गृहकार्य तीव्र बनेको हो।
कांग्रेसको केन्द्रीय कार्यसमितिले हालै प्रदेश संसदीय दल, प्रदेश सरकार र स्थानीय तहमा पार्टीको भूमिकालाई सुदृढ बनाउने जिम्मेवारी उपसभापतिविश्वप्रकाश शर्मालाई दिएको थियो। त्यसयता प्रदेश सरकारको अवस्था, गठबन्धनको प्रभावकारिता र नेतृत्व व्यवस्थापनबारे पार्टीभित्र निरन्तर छलफल भइरहेको छ।
पार्टीका नेताहरूले पछिल्लो निर्वाचन परिणाम र जनअपेक्षालाई मध्यनजर गर्दै प्रदेश सरकारलाई थप परिणाममुखी बनाउने आवश्यकता औंल्याएका छन्। यही सन्दर्भमा कांग्रेस नेतृत्वले विभिन्न दलसँग संवाद र समन्वय बढाएको बताइन्छ।
यसै क्रममा उपसभापति शर्मा र सहमहामन्त्रीउदयशमशेर राणाले एमाले अध्यक्षकेपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। भेटमा प्रदेश सरकारको नेतृत्व परिवर्तन, आलोपालो मुख्यमन्त्रीको सहमति र आगामी राजनीतिक समीकरणबारे छलफल भएको स्रोतको दाबी छ।
विशेषगरीकोशी प्रदेश सभामा सत्ता फेरबदलको सम्भावना चर्चामा छ।हिक्मतकुमार कार्कीनेतृत्वको सरकारसँग कांग्रेसको सहकार्य लामो समयदेखि जारी रहेकाले अब नेतृत्व परिवर्तन हुनसक्ने चर्चा बढेको हो। कांग्रेसभित्र बजेटअघि नै सरकार पुनर्गठन गर्नुपर्ने मत बलियो देखिएको छ।
कांग्रेसका केही नेताहरूले अहिलेको राजनीतिक परिस्थितिमा नयाँ नेतृत्वमार्फत प्रदेश सरकारलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका छन्। यद्यपि सरकार परिवर्तनको समय र नेतृत्वको विषयमा अन्तिम निर्णय भने हुन बाँकी रहेको बताइन्छ।
यसबीच प्रदेश सरकारको समीकरणबारे केन्द्रस्तरमा निरन्तर छलफल भइरहेका छन्। आगामी बजेट, सत्ता साझेदारी र प्रदेशको नेतृत्व व्यवस्थापनलाई लिएर कांग्रेसले आन्तरिक तयारीलाई तीव्र बनाएको स्रोतको भनाइ छ।










Facebook Comments