काठमाडाैं । राष्ट्रपति कार्यालयले नयाँ मन्त्रिपरिषद् गठनसम्बन्धी विवरण सार्वजनिक गरेको छ। नेपालको संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद् गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।

नयाँ हेरफेरमा प्रधानमन्त्री शाहले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्।

ad

मन्त्रिपरिषद्मा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री कायम छन् भने शिशिर खनाल परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा कायम छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई नै दिइएको छ।

पूर्वाधार विकास मन्त्रालय सुनील लम्सालले नै सम्हाल्नेछन् भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सविता गौतमलाई नै दिइएको छ। महिला, बालबालिका, लैंगिक तथा सामाजिक सुरक्षा मन्त्रालय सीता वादीकै जिम्मामा परेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रतिमा रावलले नै सम्हाल्नेछिन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय निशा मेहतालाई दिइएको छ भने शिक्षा तथा खेलकुद मन्त्रालय सस्मित पोखरेलले पाएका छन्।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय खड्कराज पौडेललाई, सूचना तथा सञ्चार मन्त्रालय डा. विक्रम तिमिल्सिनालाई र कृषि, वन तथा पर्यावरण मन्त्रालय गीता चौधरीलाई जिम्मेवारी दिइएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गौरी कुमारीले सम्हाल्नेछिन् भने युवा, श्रम तथा रोजगार मन्त्रालय राजन यादवलाई दिइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को गठन, हेरफेर तथा कार्यविभाजन वैशाख ३१ गतेबाट लागू भएको जनाइएको छ।