
राष्ट्रिय स्वतन्त्र पार्टी ले संसदमा प्रधानमन्त्री उपस्थित नभएको विषयलाई लिएर उठेको आलोचनाप्रति जवाफ दिएको छ। पार्टीले यसलाई 'निरन्तरतामा क्रमभंगता' भन्दै संसदीय अभ्यासभित्रकै विषय भएको दाबी गरेको हो।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्ने भन्ने धारणा सबैले समान रूपमा नलिन सक्ने बताए।
उनले भने, 'कसैलाई प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने परम्परा जस्तो लाग्न सक्छ, तर कसैका लागि यो अभ्यासमा आएको नयाँ मोड पनि हुन सक्छ।'
आचार्यले संसदमा विकसित हुँदै गएका अभ्यासलाई फरक दृष्टिकोणबाट हेर्नुपर्ने संकेत गर्दै विपक्षी दलको आलोचनाप्रति प्रतिवाद गरेका थिए।
गत वैशाख २८ गते रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममाथि प्रतिनिधिसभामा ३५ वटा विरोधका सूचना दर्ता भएका थिए।










Facebook Comments