
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा आएर जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गर्न सभामुखलाई आग्रह गरेका छन् ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रुलिङका लागि सभामुख अर्याललाई आग्रह गरेका हुन् । संसदको छलफलमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य छ, उहाँ आउनुहुन्छ भन्ने विश्वासमा उहाँलाई यहाँले रूलिङ गरिदिनुपर्यो, अन्यथा हामीलाई धेरै कराउन आउँदैन, उभिरहन्छौं,’ आङ्देम्बेले भने।
यसबारे सभामुख अर्यालले रुलिङभन्दा पनि संवाद गरेर अघि बढ्नुपर्ने बताए ।









Facebook Comments