काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको आगामी असारमा चितवनमा हुने भएको छ ।  

बुधबार बिहान वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले  आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । रास्वपाले मौजुदा केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ । 

ad

महाधिवेशनका लागि बैठकले विभिन्न उपसमिति गठन गरेको छ। प्रतिनिधि व्यवस्थापन समिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा समिति, प्रचार प्रसार व्यवस्थापन समिति, सूचना तथा प्रविधि व्यवस्थापन समिति, आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन समिति, सांस्कृतिक कार्यक्रम समिति र अतिथि सत्कार समिति गठन गरेको छ। महाधिवेशनमा ७७ जिल्लाबाटै कम्तिमा २५ सय प्रतिनिधिको सहभागिता रहनेछन् ।

७७ जिल्लामा केन्द्रीय सदस्यहरूलाई समन्वयका लागि तोकिने भएको छ ।  विशेष प्रदेश अधिवेशन पनि तोकिएको छ । जेठ २६ बागमती, २७ गते कोशी, २८ मधेश, २९ गण्डकी, ३० लुम्बिनी, ३१ कर्णाली र असार १ सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने रास्वपाले जनाएको छ ।