काठमाडौं । प्रधानमन्त्री बलेन शाहको संसदमा उपस्थितिको विषयलाई लिएर विपक्षी दलका सासदहरुले नाराबाजी गर्दै अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यसूची भए उनको सट्टामा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सभामुखले समय दिएपछि विपक्षी दलका सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेका थिए ।

ad

 बैठकका कामकारवाही अघि बढ्न नदिएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेको जानकारी गराएका छन्।