
काठमाडौं । सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नबारे प्रधानमन्त्री बालेन शाहले जबाफ दिने कार्यसूची भए पनि उनको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न सभामुखले समय दिएपछि प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले विरोध गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरुले प्रधानमन्त्री सदनमा नआएको भन्दै नाराबाजी सदन अवरोध गरेका हुन्।
विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री शाहको राजीनामा समेत माग गरेका छन् ।









Facebook Comments