
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुखले रुलिङ गरेर प्रतिनिधि सभा बैठकमा बोलाउन माग गरेको छ ।
प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर कांग्रेसका सचेतक निश्कल राईले सभामुखको रुलिङ माग गरेका हुन् । उनले भने– ‘हजुर हाम्रो नायक पनि हो । तपाईंले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन, ‘त्यसैले सभामुख मार्फत तत्काल सम्माननीय प्रधानमन्त्री ज्यूलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु ।’
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दागर्दै संसद बैठक छाडेर हिँडेका प्रधानमन्त्री शाहले बुधबार नीति तथा कार्यक्रममा जवफ पनि आफैले नदिने भएका छन्। सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ प्रधानमन्त्रीले नै दिने परम्परा छ।









Facebook Comments