
काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । राई केही समयदेखि विवादमा तानिएका थिए।
सभामुख डोल प्रसाद अर्यालले वैशाख २८ गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपतिले यो निर्णय लिएका हुन्।
संसद् सचिवालयभित्रको प्रशासनिक कामकारबाही, व्यवस्थापन तथा आचरणसम्बन्धी विषयलाई लिएर उनीमाथि प्रश्न उठ्दै आएको थियो।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधान तथा संघीय संसद् सचिवालय सम्बन्धी कानुनी व्यवस्थाअनुसार राईलाई पदमुक्त गरिएको हो।
राष्ट्रपति कार्यालयबाट जारी सूचनामा उनको पदमुक्ति सम्बन्धी निर्णय तत्काल लागू हुने उल्लेख गरिएको छ।
पछिल्लो निर्णयसँगै संसद् सचिवालयमा नयाँ सचिव नियुक्तिको प्रक्रिया अगाडि बढ्ने स्रोतले जनाएको छ।











Facebook Comments