काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफैंले बोलाएको संसद् स्थगित गरेर जनप्रतिनिधिलाई छलेर एकपछि अर्को अध्यादेशमार्फत शासन चलाउन खोज्नु लोकतन्त्रको भावना विपरीत भएको बताएका छन् ।

आज मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले उनले जनताले गरेको विश्वासलाई विधि बलियो बनाउनेतर्फ लाग्न पनि आग्रह गरे । संख्याको बलमा विधि मिच्ने काम नगर्न उनले सरकारलाई सुझाए । उनले ०६४ सालको चुनावमा अहिले रास्वपाले पाएजस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण पनि गरे । आफ्नै कमजोरीका कारण जनताको विश्वास बचाउन नसकिएको उनको भनाई थियो ।

ad

उनले संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय रहेको भन्दै यसलाई हल्का ढंगले लिन नहुने पनि बताए । 
‘‘संविधान संशोधन गरौं, तर त्यो संशोधनले लोकतन्त्रलाई अझै सुदृढ गरोस् । संविधान संशोधन गरौं, जसले सिमान्त क्षेत्रको प्रतिनिधित्व अझै विस्तारित होस्,’ प्रचण्डले भने ।