काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हिजो गरिएको केन्द्रीय सदस्यको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन्। 


कांग्रेस सभापति गगन थापाले हिजो १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। नेता कोइरालाले कुनै परामर्शविना केन्द्रीय सदस्य मनोनित गरिएको भन्दै असहमति जनाएका हुन् ।

ad

आफू निकटका नेताहरुसँग आन्तरिक छलफलपछि उनले सामाजिक सञ्जालमार्फत उक्त धारणा सार्वजनिक गरेका हुन् । सभापति थापाले मनोनयन गरेका १९ जनामा ७ जना कोइराला समूहका नेताहरू रहेका छन् ।