
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेका छन् ।
हिजो राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहले संसद् बैठक छाडेर हिँडेको विषयमा असहमति राख्दै कांग्रेसले अवरोध गरेको हो ।
बैठकको सुरुमै प्रतिपक्षी दलका नेताहरुले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख अर्यालले नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक बासना थापालाई बोल्न दिएपछि बैठक सुचारु भएको थियो।
थापाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्रीले नै बहिष्कार गर्ने कार्य संवैधानिक नैतिकताविपरीत भएको बताइन् ।
उनले प्रधानमन्त्रीबाटै जवाफको माग समेत गरिन् ।










Facebook Comments