
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्कराज राईले लिपुलेकमा भारतले नाका खोलेर मानसरोवरको मार्ग विस्तार गर्दा सरकार मौन बसेको आरोप लगाए ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेकोमा आपत्ति समेत जनाए । सीमा सुरक्षाका लागि खटिनुपर्ने नेपाली सेनालाई सुकुम्वासी बस्तीमा दादागिरी देखाउन प्रयोग गरेर दुरुपयोग गरिएको उनको आरोप थियो ।
उनले सरकार पूर्णरुपमा असफल भईसकेको टिप्पणी पनि गरे । देश अभिभावकविहीन अवस्थामा पुगेको उनको जिकीर थियो ।










Facebook Comments