
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सांसद पद्माकुमारी अर्यालले संसदीय मर्यादा र विधिको शासनलाई सम्मान गर्न तथा प्रस्तुत अध्यादेशहरु फिर्ता गर्न आग्रह गरेकी छन् ।
हिजो अध्यादेशलाई लोकतान्त्रिक मूल्य र मान्यतामाथिको आघात भन्दै यही सदन तताउनेहरू आज स्वयम त्यही बाटोमा निर्धक्क हिँडिरहेको उनको भनाई थियो । उनले भनिन्– यो राजनीतिक विवेकको परिपक्वता हो कि सत्ता सुविधाअनुसार बदलिएको नैतिकता ? उनको प्रश्न थियो ।
उनले उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सरकारले डोजर आतंक सिर्जना गरेको पनि बताईन् । उनले प्रधान न्यायाधीश नियुक्ति सिफारिसले स्थापित मान्यतालाई खण्डित गरेको पनि बताईन् ।










Facebook Comments