
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीलाई सहज बनाउन संवैधानिक निकायको परिकल्पना गरिएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले संसद छलेर ८ वटा अध्यादेश जारी गरेको विषय आपत्तिजनक रहेको पनि बताए । उनले सरकार संसद्सँग डराएको बताउँदै के यो सरकार संसद् भन्दा माथि हो ? भनी प्रश्न गरे । सरकारले बहुमतको आडमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको बताउँदै संसदीय समिति र सांसदहरुको हकमा प्रचलित कानूनहरुले छुन नसक्ने गरी सुप्रिम बनाउन खोजेको आरोप लगाए।
सांसद राईले सरकारले जारी गरेका हरेक अध्यादेश कानुन विपरित रहेको बताउँदै सुकुम्बासी बस्तीमा डोजर चलाउने निर्णयप्रति पनि आपत्ति जनाए।










Facebook Comments