
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि एआई कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
कांग्रेसका अनुसार ९७०१२५५५५५ मा सम्पर्क गरी कांग्रेस एआई साथीसँग प्रत्यक्ष कुराकानी गर्न सकिने छ ।
हप्ताको सातै दिन र दिनको २४सै घण्टा नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा भएका समस्या, जिज्ञासा र सुझावहरू सुन्ने र तत्काल संग्रहित गरी आवश्यक समाधान हुने कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिले जनाएको छ ।










Facebook Comments