काठमाडौं । भाद्र २३ र २४ गतेको घटनासम्बन्धी मानवअधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आज ललितपुरको हरिहरभवनस्थित आयोग अगाडि युवाहरुले प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा उत्रिएका केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारी युवाहरुले मानवअधिकार किन चुप सरकारसंग भयो की घुसपैठ ?  मानवअधिकार आयोगको प्रतिवेदनको हत्या भएको हो ? सरकार डरायो, प्रतिवेदन हरायो, , सत्य लुकाएर के पायौ ?, प्रतिवेदन किन लुकायौ ? कसको पाउमा चढायौ मानवअधिकारको प्रतिवेदन ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नारावाजी समेत गरेका थिए ।

ad