काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरुले आफै भित्र पहिला  समीक्षा गरेर सच्याउने र सिँगै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरि नयाँ ढंगले आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन् ।

२६ औं निर्मल लामा स्मृति दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा उनले नेपालबाट कम्युनिस्ट आन्दोलनलाई सखाप पार्न देशी विदेशी लागिपरेको समेत बताए । उनले भने–कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु निकै ठूलो डिजाइन अन्तर्गत लागि परेका छन् ।

ad

उनले एकता र विभाजनका धेरै शृङ्खला हुँदै आजको दिनसम्म आएको बताउँदै अहिले कम्युनिष्टहरुबीच एकताको आवश्यकता झनै विशेष रुपले अघि बढेको पनि स्पष्ट पारे ।