काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठकले जनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको छ।  नेकपाका ३२ वटा जनवर्गीय संगठन छन्। 

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह(संयोजक माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा जनवर्गीय संगठनको जिम्मेवारीबारे जानकारी गराइएको छ। अपानीअनुसार, अखिल नेपाल किसान महासंघको इन्चार्ज बलदेव चौधरी र सह इन्चार्ज कुमार पौडेल छन्। 

ad

त्यस्तै, अखिल नेपाल महिला संगठनको इन्चार्जमा जयन्ती राई र सहइन्चार्ज कमला रोका, सहिद बेपत्ता तथा घाइते योद्धा संगठनको इन्चार्जमा हितराज पाण्डे, सह इन्चार्ज कृष्णप्रसाद सापकोटा र बालकृष्ण गैरे तोकिएका छन्। 

यस्तै आदिवासी जनजाति महासंघको इञ्चार्जमा सुरेश आले मगर र र सह इञ्जार्जमा पासाङ शेर्पा छन् भने इन्जिनियरर्स एसोसिएसनको इन्चार्जमा लेखनाथ न्यौपाने र सह इन्चार्ज कपिल आचार्य, उद्योग तथा व्यवसायी महासंघको इन्चार्जमा विरोध खतिवडा र सह इन्चार्ज कृष्ण आचार्य छन्। 

यसैगरी, कानुन व्यवसायी संगठनको इन्चार्जमा पूर्णबहादुर घर्ती र सह इन्चार्ज रामकुमार ज्ञवाली, खेलकुद महासंघको इन्चार्जमा केशव विष्ट र सहइन्चार्ज शिव कोइराला तथा जनसाँस्कृतिक महासंघको इन्चार्जमा चेतबहादुर पुन, सह(इन्चार्ज इधरचन्द्र ज्ञवाली र उदय श्रेष्ठ तोकिएका छन्। 

यस्तै, ट्रेड युनियन महासंघको इन्चार्जमा रामदीप आचार्य र सह इन्चार्ज विष्णु लम्साल, दलित संगठनको इन्चार्ज गणेश विक र सह इन्चार्ज दलजित श्रीपाली, नेपाल रिटर्नी एसोसिएसनको इन्चार्जमा देवेन्द्र पराजुली र सह इन्चार्ज भवानी खड्का रहेका छन्। नेकपाले पर्यटन फाँटको इन्चार्जमा पुष्पविक्रम मल्ल र सह इन्चार्ज अन्जन थापा, पेशागत महासंघको इन्चार्जमा कृष्णध्वज खड्का र सह इन्चार्ज प्रेमलकुमार खनाल तोकेको छ । 

यस्तै पूर्व सुरक्षाकर्मी संगठनको इञ्चार्जमा सन्तु दराईलाई नेकपाले जिम्मेवारी दिएको छ भने प्राध्यापक फाँटको इन्चार्जमा दीनानाथ शर्मा र सहइन्चार्ज प्राडा इन्दु आचार्य तोकिएका छन्। यस्तै मधेसी संगठनको इञ्चार्जमा जोगकुमार बरबरिया र सह इञ्चार्ज रामचन्द्र साह तेलीलाई जिम्मेवारी तोकिएको छ भने मुस्लिम संगठनको इन्चार्जमा महेश्वर गहतराज तथा सह इन्चार्ज हकिकुल्ला खाँ र ताज मोहम्मद मियाँ छन्। 

यसैगरी युवा संगठनको इन्चार्जमा लक्ष्मण केसी तथा सह इन्चार्ज सुमन देवकोटा र ज्ञानबहादुर गुरुङलाई नेकपाले जिम्मेवारी दिएको छ भने वैदेशिक रोजगार व्यवसायी संगठनको इन्चार्जमा नागेन्द्र चौधरी र सह इन्चार्ज समिता कार्की रहेका छन्। 

विद्यार्थी संगठनको इन्चार्जमा रत्न ढकाल र सह इन्चार्ज सुदेश पराजुली तथा शिक्षक संगठनको इन्चार्जमा माधव सापकोटा र सह इन्चार्ज केदार सञ्जेलले जिम्मेवारी पाएका छन । यस्तै प्रकाश ज्वालालाई प्रेस संगठनको इन्चार्ज तोकिएको छ भने  विष्णु सापकोटा र शम्भु श्रेष्ठलाई सह इन्चार्जको जिम्मेवारी दिइएको छ । 

यसैगरी, सहकारी संगठनको इन्चार्जमा लिलामणि पौडेल, सह इन्जार्ज शरद रसाइली र उदया शर्मा तोकिएका छन् भने स्वास्थ्यकर्मी संगठनको इन्चार्जमा अन्जना विशंखे र सह इन्चार्ज भक्तिमान सुब्बालाई जिम्मेवारी दिइएको छ । सुकुम्वासी महासंघको इन्चार्ज नहेन्द्र खड्का र सह इन्चार्ज केशव दाहाल, निर्माण व्यवसायी संगठनको इञ्चार्जमा कमला रोका र बीपी खनाललाई उपभोक्ता हित सम्बद्ध संगठनको जिम्मेवारी दिइएको छ।

त्यस्तै, मानव अधिकार संगठनको इन्चार्जमा लेखनाथ दाहाल, विपद्सम्बन्धी संगठनको इन्चार्जमा डा. लक्ष्मी ओली, सहिद प्रतिष्ठानको इन्चार्जमा धर्मशिला चापागाईं र सह इन्चार्ज रामबहादुर भण्डारी छन् भने आईटी फोरमको इन्चार्जको जिम्मेवारी नेकपाले केशव नेपाललाई दिएको छ।