
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । आइतबार बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसईईको नतिजा हेर्ने माध्यमबारे जानकारी दिएको छ ।
एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका: तल दिइएका सर्टकोडमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सकिनेछ।
- नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
- जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
- एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)
वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू: इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको छ।
- राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : www.see.gov.np र www.neb.gov.np
- नेपाल टेलिकम : www.see.ntc.net.np
- कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
- इडियु सञ्जाल : www.see.edusanjal.com
- खल्ती: https://khalti.com/app
- कलेज इन्फो नेपाल प्रालि : see.collegeinfonepal.com
- द कनेक्ट प्लस प्रालि : https://theconnectplus.com
- एनसेल आजियाटा लिमिटेड : https://ncellapp.ncell.com.np/result
- निमा एजुकेशन फाउन्डेसन : result.neemaacademy.com
- फोनिक्स एजुकेशन फाउन्डेसन : resultayo.com
- एम्बिसन गुरु प्रालि : see.ambition.guru
- एनईबी रिजल्टस एन्ड न्युज प्रालि : https://see.merostudy.net
- इन्द्रेणी टाइम्स नेटवर्क प्रालि: nebeducation.com/see










Facebook Comments