
काठमाडौं ।नेपालको परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसँग सम्बन्धित सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट खोज्ने प्रयास जारी रहेको जनाएको छ।
मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रवक्तालोकबहादुर पौडेल क्षेत्रीले लिपुलेकसँग सम्बन्धित विषयमा नेपाल सरकारको धारणा पहिल्यै स्पष्ट रूपमा सार्वजनिक भइसकेको बताए।
उनका अनुसार सरकारले सीमा विवादको समाधान संवाद र कूटनीतिक पहलमार्फत नै गर्नुपर्ने अडान कायम राखेको छ। उनले चीन र भारतबीच सञ्चालन हुने कैलाश मानसरोवर यात्राको मार्ग नेपालको भूमि लिपुलेक हुँदै जाने विषयमा पनि नेपालले आफ्नो धारणा सार्वजनिक गरिसकेको उल्लेख गरे।
प्रवक्ता क्षेत्रीलेसुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूभाग भएको तथ्य स्पष्ट रहेको बताए। उनले यही ऐतिहासिक आधारलाई टेकेर नेपालले आफ्नो दाबी प्रस्तुत गर्दै आएको जानकारी दिए।
उनका अनुसार सीमा विवादका विषयमा नेपालले दुवै छिमेकी मुलुकभारतरचीनलाई निरन्तर जानकारी गराउँदै आएको छ।










Facebook Comments