
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ निर्वाचनमा भएको खर्च विवरण शुक्रबार सार्वजनिक गरिएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको खर्च विवरणअनुसार ५७ मध्ये ५५ पार्टीले खर्च विवरण पेस गरेका छन् । तर, २ पार्टीले भने हालसम्म विवरण नबुझाएको आयोगले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
स्वाभिमान पार्टी र एकल चुनाव चिन्ह भएका सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टीले विवरण बुझाएका छैनन्।










Facebook Comments