
काठमाडौं । सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षले राजीनामा दिएका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंक अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले बुधबार अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजीनामा दिएको बुझिएको छ ।
ती अध्यक्षहरुलाई सरकारी पक्षबाट मार्ग प्रशस्त गर्न भनिएपछि राजीनामा दिएका छन् ।










Facebook Comments