
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएका छन् ।
बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै,उनले सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने सुनिश्चिततातर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए।
राष्ट्रपति पौडेलले सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोग बढ्दै गएको उल्लेख गरे ।
साथै उनले आधारहीन तथा मिथ्या सूचना प्रवाहले जनतालाई दिग्भ्रमित पार्ने खतरा बढेको र चुनौतीका बीच सत्य, तथ्य जिम्मेवार पत्रकारिताको महत्व अझ बढेको धारणा राखे।










Facebook Comments