काठमाडौं । नेपाली कांग्रेसले देशका सात वटै प्रदेशमा प्रदेश तथा स्थानीय तहकेन्द्रीत भेला गर्ने भएको छ।


जसअनुसार सुदूरपश्चिम प्रदेशमा वैशाख २६ र २७ गते धनगढीमा, कर्णाली प्रदेशमा वैशाख २८ र २९ गते लेकवेसी सुर्खेतमा हुने भएको छ ।

ad

यस्तै गण्डकी प्रदेशको पोखरामा वैशाख ३१ र जेठ १ गते, बागमती प्रदेशमा जेठ ४ र ५ गते काभ्रेको धुलिखेलमा र मधेस प्रदेशमा जेठ ६ र ७ गते महोत्तरीको बर्दिवासमा भेला हुनेछ । यस्तै कोशी प्रदेशमा जेठ ८ र ९ गते सुनसरीको लौकीमा र लुम्बिनी प्रदेशमा जेठ १४ र १५ गते  तिलोत्तमामा भेला हुनेछ।