
काठमाडौं । कीर्तिपुरमा भएको झगडाले उग्र रूप लिँदा एक युवकको ज्यान गएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
बुधबार दिउँसो करिब साढे २ बजे कीर्तिपुर नगरपालिका–१० पोडे टोलमा २४ वर्षीय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरू कीर्तिपुर–९ हनुमानघाटका २२ वर्षीय आशिष महर्जन, बैतडी घर भई ट्याङ्लाफाँट बस्दै आएका २१ वर्षीय रोशन बोहोरा र कैलाली घर भई पाँगा बस्ने २३ वर्षीय रविन धामी रहेका छन्। उनीहरूबीच आपसी चिनजान र मित्रता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले सामान्य विवाद झगडामा परिणत हुँदै हिंसात्मक बनेपछि घटना घटेको प्रारम्भिक निष्कर्ष निकालेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।










Facebook Comments