
काठमाडौं । सरकारले ११ जना सहसचिवहरूको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै सरुवाबारे औपचारिक जानकारी दिएको हो ।
निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ । त्यस्तै, प्रधानमन्त्री कार्यालयकै सहसचिव अनिल कुमार दत्तलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।
अर्थ मन्त्रालयका सहसचिव रामदत्त भट्टलाई पनि सोही मन्त्रालय (सञ्चार मन्त्रालय)मा सरुवा गरिएको छ ।











Facebook Comments