काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मतगणनाअनुसार उनले ३ हजार १९६ मत प्राप्त गर्दै अध्यक्षमा विजय हासिल गरेका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी डा. मंगल रावलले २ हजार ९४० मत प्राप्त गरे भने अर्का उम्मेदवार डा. नारायणप्रसाद भुसालले ८६९ मत पाए । संघको वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी ३ हजार ३६ मत पाएर विजयी भए।  वरिष्ठ उपाध्यक्षकै उम्मेदवार डा( कीतिपाल सुवेदीले २ हजार ३०२ र डा. अजयकुमार मिश्रले १ हजार ४२१ मत प्राप्त गरे । 

ad

महासचिव पदमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य विजयी भए । १९ सदस्यीय कार्यसमितिमा अधिकांश पदमा डा. रिजालकै प्यानलका उम्मेदवारहरू निर्वाचित भएका छन् । ७ मध्ये ५ प्रदेशमा रिजालकै प्यानलका उम्मेदवारहरूले विजय हासिल गरेका छन् ।