
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बैशाख २४ गते बेलुका संवैधानिक परिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार वैशाख २४ गते साँझ ५ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन्।
सरकारले हालै संवैधानिक परिषदसम्बन्धी अध्यादेश पनि ल्याएको थियो। प्रधानमन्त्रीसहित ३ जनाको बहुमतबाट निर्णय लिन सक्ने अद्यादेशको व्यवस्था छ। संवैधानिक परिषदमा ६ जना रहन्छन्। हाल प्रधान न्यायाधीशलगायत विभिन्न संवैधानिक पद रिक्त छ।










Facebook Comments