
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुलाई आज प्रशिक्षण दिंदै छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा सांसदलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे सभापति थापाले प्रशिक्षण दिन लागेका हुन् ।
बैठकमा अध्यादेश र सुकुम्वासी मुद्दामा पार्टीका सांसदहरुले संसदमा खेल्ने भूमिकाका बिषयमा पनि छलफल हुनेछ। त्यस्तै, सरकारको सिफारिसमा जारी भएका अध्यादेशका बिषयमा पनि बैठकमा छलफल हुने भएको छ ।










Facebook Comments